मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी
काठमाडाैं | असोज ८, २०८२
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार बुधबार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको हो ।
सरकारले फागुन २१ गते चुनावको घोषणा गरेसँगै नयाँ मतदाताको नाम सङ्कलनको बाटो खुला गर्न मतदाता नमावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको थियो ।
निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आयोगले नयाँ मतदाता सङ्कलनका लागि कार्ययोजना बनाएर लागू गर्नेछ ।
सोही योजना अनुसार कुन मितिबाट सुरु गरेर कहिलेसम्म सङ्कलन गर्ने भन्ने मिति तय हुनेछ । २०८२ फागुन २० गते १८ वर्ष उमेर पुगेका मतदाताले फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्न पाउनेछन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

